|  

भाइरल टेलरवाली निशा रणपालको ‘तिमी पनि एक्लै म पनि एक्लै’ सार्वजनिक (भिडियोसहित)

१३ कार्तिक २०८०, सोमबार ०८:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ । डान्सिङ भर्सनको यस गीतमा युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

१३ कार्तिक २०८०, सोमबार ०८:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस