|  

गजुरी-४ मा रहेको कालिका आधारभुत विद्यालयको ४ कोठे भवन उद्घाटन

१८ कार्तिक २०८०, शनिबार ०९:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । गजुरी गाउँपालिका वडा नं ४ बालुवा डाडाँमा रहेको कालिका आधारभुत विद्यालयमा ४ कोठे भवन समृदघाटन भएको छ । प्रमुख अतिथि गजुरी वडा नं ४का वडा अध्यक्ष सुरेन्द्र प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धादिङ्गका सदस्य तथा गजुरी वडा वडा नं ४का वडा सदस्य सुकुमाया सुनुवार विशेष अतिथिका रुपमा रहनुभएको थियो । बिद्यालय भवन जिल्ला शिक्षा समन्वय एकाइ धादिङले निर्माण गरेको हो । जम्मा ७२ लाखमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको ।
उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि सुरेन्द्र प्रजाले विद्यालय शान्ति क्षेत्र भएको भन्दै कुनै पनि राजनितिक तथा अन्य क्षेत्रबाट हस्तक्षेप हुन नहुने कुरामा जोड दिनुभयो । उहाँले विद्यालयका भवन मात्र ठुला हुने र कक्षा कोठाहरु धेरै हुदैमा शिक्षाको गुणस्तर बढ्ने कुरामा ढुक्क हुन नसकिने बताउनुभयो । शिक्षक तथा विद्यालयको वातावरण र विद्यार्थीको पढ्ने र पढाउने कुरामा सबै पक्षबाट सहयोग मिलेमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको अंक माथि जाने कुरामा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गजुरी गाउँ कार्यपालिका सदस्य सनक बहादुर प्रजा,फुलमायाँ तामाङ्ग,गजुरी ४ का वडा सदस्य जयराम प्रजा,चक्रलाल तामाङ्ग,निर्माण व्यवसायी शिव श्रेष्ठ,समाजसेवी गोविन्द अधिकारी,शिक्षक अभिभावक संद्य अध्यक्ष सोम बहादुर तामाङ्ग,शिक्षक अभिभावक संद्य सदस्य कृष्ण बहादुर तामाङ्ग,समाजसेवी सञ्च बहादुर तामाङ्ग,जुनतारा आधारभुत विद्यालयका प्रधानाध्यापक किशोर अधिकारी, विद्यार्थी,स्थानिय लगायतको सहभागिता रहेको थियो ।

१८ कार्तिक २०८०, शनिबार ०९:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस