|  

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५४ पुग्यो !

१८ कार्तिक २०८०, शनिबार ०९:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम-पश्चिममा ६२ जनाको मृत्यु भएको हो ।

घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन् ।

उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।
गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

१८ कार्तिक २०८०, शनिबार ०९:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस