|  

११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

१७ मंसिर २०८०, आईतवार १२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सन् २०२३ को ११ महिनामा नेपालमा नौ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म ९ लाख १८ हजार तीन सय ८ जना पर्यटन नेपाल आएका हुन् ।

नोभेम्बरमा मात्रै एक लाख आठ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

गत अक्टोबर महिनामा हाल सम्मकै बढी एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । उक्त अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बर महिनामा अमेरिकाबाट ११ हजार चार सय ६१, उत्तरी मुलुक चीनबाट सात हजार ६ सय एक, बेलायतबाट ६ हजार एक सय ३८ तथा अस्ट्रेलियाका पाँच हजार ६० जना पर्यटन नेपाल भ्रमणमा आएका छन् ।

१७ मंसिर २०८०, आईतवार १२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस