|  

फरार जीबी राई पक्राउ परेका छैनन् : नेपाल प्रहरी

२४ फाल्गुन २०८०, बिहीबार १०:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाडौँ । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई जीबी राई सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले इन्टरपोलमार्फत राईको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

२४ फाल्गुन २०८०, बिहीबार १०:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस