|  

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

२४ फाल्गुन २०८०, बिहीबार ११:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाण्डौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ । बिहीबार बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो ।
बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी आयोगको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले नव नियुक्त मन्त्रिहरुलाई धन्यवाद दिएका एक मन्त्रीले बताए ।

 

२४ फाल्गुन २०८०, बिहीबार ११:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस