|  

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

२४ फाल्गुन २०८०, बिहीबार ११:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नं-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।
क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर १ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं। १ को अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् । गत वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको वैशाख १० गते निधन भएको भएको थियो ।

२४ फाल्गुन २०८०, बिहीबार ११:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस