|  

नाइजेरियाको डेल्टामा झडप हुदा सैन्य टोलीका १६ जनाको हत्या

४ चैत्र २०८०, आईतवार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीका १६ जनाको हत्या भएको छ । डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न खटिएका नाइजेरियाली सैनिक मारिएका हुन् ।

साम्प्रदायिक शान्ति अभियानका लागि गएका उनीहरूलाई युवाको समूहले घेरेर मारेको सेनाका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको ज्यान गएको हो ।

 

४ चैत्र २०८०, आईतवार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस