|  

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

५ चैत्र २०८०, सोमबार ११:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पक्राउ परेका नेकपा माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदै छ । सिआइबीको निगरानीमा रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी भीम ढकालले जानकारी दिए ।

उनलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताए । महराले इलेकट्रोनिक चुरोट भेप भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् ।

 

५ चैत्र २०८०, सोमबार ११:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस