|  

अफगानिस्तानमा आईएसको आत्मघाती आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

९ चैत्र २०८०, शुक्रबार १४:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन् । आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ ।

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

९ चैत्र २०८०, शुक्रबार १४:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस