|  

मधेस सरकारबाट कांग्रेसले फिर्ता लियो समर्थन

१० चैत्र २०८०, शनिबार ०७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १०, जनकपुरधाम । नेपाली कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेर नेकपा एमालेलाई सरकारमा सहभागी गराएपछि समर्थन फिर्ता लिएको हो ।

कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले अबको ३० दिनभित्रमा फेरि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

१० चैत्र २०८०, शनिबार ०७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस