|  

बागमती प्रदेश युवा परिषद्ले युवालाई नि:शुल्क सीपमूलक तालिमका लागि आवेदन खुल्ला

१० चैत्र २०८०, शनिबार १०:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/गजुरी बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्, जिल्ला युवा समिति धादिङले बागमती प्रदेशका युवाहरुलाई तालिम दिने भएको छ ।

देशका विभिन्न भागमा छरिएर रहेका युवायुवतीहरुलाई सीपमूलक तालिममा पहुँच अभिवृद्धि तालिम दिई रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यका साथ तालिम दिन लागिएको प्रदेश युवा परिषद्, जिल्ला युवा समिति धादिङले जनाएको छ।

बागमतीमा युवा सशक्तीकरण प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजनामा संचालन हुने ३९० घण्टे १६० घण्टे तथा छोटो अवधिको तालिममा सहभागी भै, सीप सिकेर रोजगार बन्न इच्छुक १६ देखि ४० वर्ष सम्मका युवाहरुले चैत २२ गते भित्र आबेदन दिन सक्ने साथसाथै यस तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुने प्रदेश युवा स्वयंसेवक दाहालले जानकारी दिनुभयो।

बागमती प्रदेश युवा परिषद्, जिल्ला युवा समिति धादिङले
सिकाइने सीप निर्माण क्षेत्रमाः डकर्मी, बिल्डिंग इलेक्ट्रिसियन (विद्युत), प्लमविंग, फर्निचर मेकर सेवा क्षेत्रः व्युटी पार्लर, मोबाईल रिपेयरिंग, सुरक्षा गार्ड, मन्टेश्वरी, हलुका सवारी चालक, मोटरसाइकल रिपेयरिंग,कृषि क्षेत्रः बेमौसमी तरकारी खेती, मौरी पालन, नेपाली हाते कागज बनाउने, ग्रामीण पण स्वास्थ्य कार्यकर्ता, सामुदायिक कृषि सहायक होटल तथा पर्यटन क्षेत्रः सहायक कुक, वेटर, हाउस कीपिंग, वारिष्टा अन्य क्षेत्रः नर्सरी तथा गार्डेन व्यवस्थापन सम्बन्धि विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ ।

जिल्ला युवा समिति धादिङको कार्यालय वा इमेल, इन्टरनेट मार्फत अनलाइनबाट आवेदन दिनको लागि https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिने जिल्ला युवा समिति धादिङका प्रदेश युवा स्वयंसेवक सपना दाहालले प्रदेश हवलाई बताउनुभएको हो।


१० चैत्र २०८०, शनिबार १०:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस