|  

संसदीय समितिको बैठकमा पनि गृहमन्त्री लामिछानेको कांग्रेसले माग्यो राजीनामा

१४ चैत्र २०८०, बुधबार १३:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको बैठकमा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न गृहमन्त्री लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।

सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताए । उनले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री लामिछानेले स्वेच्छिक रूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।

 

 

१४ चैत्र २०८०, बुधबार १३:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस