|  

माओवादीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय

१४ चैत्र २०८०, बुधबार १३:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभामा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए।

उम्मेदवारको नाममा छलफल बाँकी रहेको र आगामी बैठकमा आवश्यक निर्णय गरिने उनको भनाइ छ।

 

१४ चैत्र २०८०, बुधबार १३:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस