|  

बागमती प्रदेश सभा बैठक सोमबार बस्दै, बिश्वासको मत पनि लिईने

१७ चैत्र २०८०, शनिबार ०६:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १७, मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका हुन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

१७ चैत्र २०८०, शनिबार ०६:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस