|  

त्रिशूली नदीमा ट्याक्सी खस्यो, पाँचजनाको मृत्यु

१७ चैत्र २०८०, शनिबार ०८:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १७, काठमाडौँ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

शनिबार बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले पाँचजनाको शव फेला परेको जानकारी दिए। उनका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । गोताखोर टोली परिचालन गरी ट्याक्सी निकाल्ने तयारी भइरहेको छ ।

१७ चैत्र २०८०, शनिबार ०८:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस