|  

सल्यान बस दुर्घटनामा १४ जना घाईते, चार जनाको अवस्था गम्भिर

५ बैशाख २०८१, बुधबार १२:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो ।

बस तुलसीपुर उपमहानगरपालिका ३८ बर्षिय पुर्ण रानाले चलाएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए । बस अनियन्त्रित भएर पुलको छेउबाट खोलामा खसेको छ ।

घाईते सबैलाई स्थानीय मेडिकलमा उपचारको लागि पठाईएको प्रहरीको भनाई छ ।

५ बैशाख २०८१, बुधबार १२:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस