|  

आदर्श बहुमुखी क्याम्पस युवा रेडक्रसको रक्तदान कार्यक्रम सम्पन्न

२२ पुष २०७९, शुक्रबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे/ आदर्श बहुमुखी क्याम्पस, युवा रेडक्रस सर्कलको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग, ने.रे.सो. गजुरी उपशाखा र गजुरी सामुदायिक विकास समाजकाे सह- आयाेजनामा क्याम्पस चोक(माछापुच्छ्रे बैंक अगाडि ) गजुरी बजारमा मिति २०७९/०९/२० गते बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा १२० पाउण्ड रगत संकलन भएको थियाे ।

रक्तदान गर्नुहुने १२० दाताहरु मध्ये ८७ जना पुरूष र ३३ जना महिला सहभागी रहेका थिए। चालू आर्थिक वर्षका लागि हालसम्म उत्कृष्ट रगत संकलन भएको कार्यक्रमकाे रूपमा रेकर्ड रहनुको साथै कार्यक्रम संचालन गर्न नगद सहयोग गर्नुहुने ज्वारिलाल पाठक, विद्यार्थी बुक्स एन्ड स्टेसनरी, सुशीला मगर, समुन्द्र पाठक र जिन्सी सहयोग गर्नुहुने पदम लाल श्रेष्ठ ” ईश्वर “- (आवश्यक सम्पुर्ण फ्रुटी सहयोग),दिवस सागर श्रेष्ठ “चन्द्र ” ( आवश्यक सम्पुर्ण खानेपानी) ,भोला गिरी- (आवश्यक सम्पुर्ण केरा) लोक ब. श्रेष्ठ र सन्जिब श्रेष्ठको सहयोगमा केरा बाहेक अन्य सम्पुर्ण फलफूल सहयोग गर्नुभएको थियाे । कार्यक्रम भव्य र सभ्य रूपमा सफलीभूत बनाउन प्रत्यक्ष र पराेक्षरूपमा सहयाेग गर्नुहुने सम्पूर्ण आदर्श बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका अध्यक्ष गणेश पाण्डेले हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियाे ।

२२ पुष २०७९, शुक्रबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस