|  

खुकुरीले रेटेर आफ्नै आमाद्वारा तीन वर्षीय छोराको हत्या

१४ जेष्ठ २०७६, मंगलवार १२:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भोजपुर
आफ्नै आमाले  भोजपुरमा तीन वर्षीय छोराको हत्या गरेकी छन् ।
रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

 


सम्झनाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी थापाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी छोराको हत्या गरेकी हुन् ।

१४ जेष्ठ २०७६, मंगलवार १२:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस