|  

के तपाईलाई युरिक एसिड छ ? यस्ता छन् रोकथामका उपाय

२० जेष्ठ २०७६, सोमबार १८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । यो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व् हो । तर जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ ।जसले जसले गर्दा जोर्नीको दुखाइ, मधुमेह र पिसाबमा समस्या आउने गर्छ । शरीरमा युरिक एसिडको मात्रा पता लगाउन रगतको जाँच गर्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए त्यसलाई सामान्य मानिन्छ । तर रगतमा एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा हाइपरयुरिसेमिया भएको मानिन्छ ।
लक्षण
कतिपय अवस्थामा हाइपर युरिसेमियाको अवस्थामा समेत जोर्नी दुख्ने र सुन्निने हुँदैन । तर, बिस्तारै जोर्नीवरपरको मासु र कार्टिलेजमा युरिक एसिड जम्मा हुन थालेपछि भने दुख्ने÷सुन्निने हुन्छ । यो अवस्थालाई गाउटी अर्थराइटिस भनिन्छ ।
ढाड र जोर्नी दुख्ने,जाम हुने र हातखुट्टा झमझमाउनेलाई युरिक एसिड भएको भन्ने आमधारणा छ , जुन गलत हो । वास्तवमा यस्ता लक्षणलाई युरिक एसिड भएको मान्न सकिँदैन । तर बिहान उठ्दा बुढी औँला दुख्ने, सुन्निने तथा हिँड्न अप्ठ्यारो हुने युरिक एसिडका लक्षण हुन् । यसबाहेक कुकुच्चा, घुँडा, कुहिना र औँलाका जोर्नीमा दुखाइ हुन सक्छ ।
त्यस्तै, कतिपयमा युरिक एसिडको दुखाइका कारण जोर्नीमा संक्रमण भई पिप जमेको जस्तो हुन सक्छ ।
कारण र रोकथाम
शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नूपर्छ । जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट निकाल्छ ।
रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनिर र भिन्डीलगायत पदार्थको मात्रा बढी हुदाँसमेत युरिक एसिड बढ्ने गर्छ । त्यस्तै,यस्ता खानेकुरा ठिक्क मात्रामा खानुपर्छ ।
दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ । त्यस्तै, जबर्जजस्ती कसरत र तौल कम गर्दा समेत युरिक एसिड हुन्छ ।
उच्च औषधीको सेवन,थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ यस्ता चिजबाट बच्न आवश्यक हुन्छ ।
युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्ने÷सुन्निने कम गर्ने औषधीको सेवन गर्नुपर्छ । तर युरिक एसिड कम गर्ने औषधी जथाभावी भने खानुहुँदैन । जसले रगतमा युरिक एसिडको मात्रा अचानक घट्छ । अनि, जार्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भई झन् दुखाइ बढ्न सक्छ ।

२० जेष्ठ २०७६, सोमबार १८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस