|  

धादिङको बेनिघाट रोराङ स्थित विभिन्न ठाउँमा लगाइएको अबैध गाँजा खेती फडानी गरी नष्ट

१० आश्विन २०७६, शुक्रबार २०:१७ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज १०, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिका को विभिन्न ठाउँमा लगाइएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ। असोज ९ र १० गते ईलाका प्रहरी कार्यलय गजुरी बाट प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा खेती नस्ट गरेको हो।

 

स्थानिय बासिन्दा को उपस्थितमा बेनिघाट रोराङ गाँउपालिका वडा नं.१ स्थित च्यात्राङ, ब्रुङदी, ज्वरुङ र सिमटार भन्ने स्थानमा रहेको करिब ६०० रोपनी जग्गामा लगाएको अबैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरेको ईलाका प्रहरी कार्यलय गजुरी ले जानकारी दिएको छ।


यस अघि पनि ईलाका प्रहरी गजुरी को टोलि ले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अवैध लागू औसध गाँजा फँडानी तथा नस्ट गरिसकेको छ।

१० आश्विन २०७६, शुक्रबार २०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस