|  

करेन्ट लागेर गजुरी मा एक को मृत्यु

१७ आश्विन २०७६, शुक्रबार ०९:०३ प्रकाशित
बिक्रम अधिकारी


असोज १७, धादिङ
करेन्ट लागेर धादिङको गजुरी मा बिहिवार एक जनाको मृत्यु भएको छ । पोल बाट घरमा लगेको तार फेर्ने क्रममा अचानक करेन्ट लाग्दा गजुरी गाँपालिका–५ ढोडेनि का २६ वर्षीय दर्शन दर्लामी मगर को ज्यान गएको हो ।

करेन्ट लागेर ढलेका घाइते मगरको उपचारका लागि गजुरी तर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय गजुरी लाई उद्दृत गर्दै स्थानीय भुवन थापा ले प्रदेश हव डटकम लाई बताउनु भयो।

१७ आश्विन २०७६, शुक्रबार ०९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस