|  

हेटौंडामा सवारी दुर्घटना एकको मृत्यु, अर्का घाइते

१७ आश्विन २०७६, शुक्रबार १३:२५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज १७, हेटौंडा
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १ चाइना क्वाटरमा भएको सवारी दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ।

हेटौंडा ११नवलपुरबाट हेटौंडा बजारमा तर्फ आउदै गरेको ना८ ३८७२नम्बरको टेल ट्याङ्करले सोही दिसाबाट आउदै गरेको ना५६ प ४९३५ नम्बरको मोटरसाइकललाई हेटौंडा १ चाईना गेट नजिकै ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल सवार हेटौंडा १ चनाइक्वाटर निवासी ३५ वर्षीया सीता न्यौपानेको घटनास्थलमै मुत्यु भएको जिला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकल चालक ४५ बर्षीय ससी न्यौपाने सामान्य घाइते रहेको जनाइएका छन्। ठक्करबाट दिने टयाङ्कर तथा टयाङ्कर चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

१७ आश्विन २०७६, शुक्रबार १३:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस