|  

रिम्स नेपालको बिहानि परियोजना मार्फत गजुरि ४ मा बाख्रा वितरण गर्दै वडा अध्यक्ष सुरेन्द्र चेपाङ

२३ मंसिर २०७६, सोमबार १८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि,धादिङ

धादिङको गजुरि गाउँपालिका वडा नं.४ चिउरीखर्क मा रिम्स नेपालको बिहानी परियोजनाले उच्च जोखिम मा रहेका एकल महिला जेष्ठ नागरिक अपांगता भएका ब्यक्ति र खाद्य असुरक्षित बर्ग का २४ घरधुरिलाई १ घरधुरी बराबर दुईका दरले ४८ वटा बाख्रा वितरण गरेको छ।जिबिको पार्जन सुधार गर्न टेवा पुर्याउने उद्देश्यले बाख्रा बितरण गरेको सामाजिक परिचालिका फुलमाया उपरकाेटिले बताउनु भयो । वडा अध्यक्ष सुरेन्द्र प्रर्जाका अनुसार आफु वडा लाई नमुना र समृद्ध वडा निमार्ण गर्न लागि परेको आम वडा बासिलाई जानकारी दिनुभयो।

त्यसैले स्वास्थ्य,शिक्षा,खानेपानी,खाद्यान्न मा विशेष जाेडका साथ काम गर्दै नतिजामुखि कार्यलाई प्रथामिकता दिदै आइरहेको उहाँले बताउनु भयो।बाख्रा बितरण गर्दै वडा अध्यक्ष चेपाङले भन्नुभयो वडामा चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको र उनिहरुको जिबिको पार्जन सुधारमा सहयोग गर्ने दातृ निकाय रिम्स नेपाललाई पनि  धन्यवाद दिनुभयो ।कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र चेपाङ,वडा सदस्य ,रिम्स नेपालको फुलमाया उपरकाेटि,सुबेश ढकाल ,स्थानीय समाजसेवी, बुद्धिजीवी को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

२३ मंसिर २०७६, सोमबार १८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस