|  

धादिङमा मोटसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१४ बैशाख २०७८, मंगलवार १८:३८ प्रकाशित
प्रदेश हव न्युज डेस्क


धादिङको गल्छी गाउँपालिका  वडा न ७ मा ट्रकमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  मंगलबार  बिहान ना ३ ख ७६५७ नम्बरको ट्रक  र  बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दीपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

१४ बैशाख २०७८, मंगलवार १८:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस