|  

आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम हुनेछ

२५ श्रावण २०७८, सोमबार ०६:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ज्यो. दिवाकर पन्त                                      काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २५ गते सोमबार, श्रावण शुक्लपक्षको प्रतिपदा तिथि । आज साउनको सोमबार रहेको छ । आजबाट गुँलाधर्मारम्भ । अब लागौं आजको राशिफलतर्फ !

मेष
आफु भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा कठिनाईहरुसँग जुध्न शक्ति प्राप्त हुने छ । पेशागत जीवनमा थप जिम्मेबारी निभाउनु पर्ने हुन्छ । चलाख व्यक्तित्व बन्ने छ ।

वृष
ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला ।

मिथुन
पेशागत जिम्मेबारीमा छोटोछोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धि विषयमा संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । श्रम सम्बन्धी समस्या झेल्नु पर्ने छ । मनमा दुविधाले सताउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला ।

कर्कट
प्रभावकारी बाणिका कारण अरुको मन जित्न सकिने छ । ब्यापार ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा पनि गरेको कार्यको उच्च मुल्यांकन हुने र कदर हुने छ, थप जिम्मेबारी प्राप्त हुने छ ।

सिंह
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने र लचक प्रकृतिको व्यक्तित्व हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईहरुको सामना गर्नु पर्ने समय रहेकाले धैर्य भएर पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक क्रम देखा पर्ने छ ।

कन्या
बोलीको प्रभाव कमजोर हुन पुग्ने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने वा गर्नु पर्ने बाध्यात्मक परिस्थिति आइ लाग्ने छ । आम्दानी र खर्चका बीच सन्तुलन कायम नहुँदा कठिनाई उत्पन्न हुने छ । धन सम्पत्तिमा नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्कता अपनाउनु होला ।

तुला
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । तरल पदार्थको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो र द्वन्द देखिने छ ।

वृश्चिक
भाग्य बलियो रहेको छ । पेशागत र ब्यापार ब्यवसायमा केही सकारात्मक नतिताहरु प्राप्त हुने छन् । साझेदारीमा गरिएका काममा विवादका क्रम देखा पर्ने छन् । मन निराश हुने छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने हुँदा उमङ्गको कमि हुने छ ।

धनु
भाग्यको बलियो साथ रहेकाले उन्नति प्रगति हुने छ । पेशागत जीवन सकारात्मक हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुन पुग्ने छ ।

मकर
व्यक्तित्वमा दृढता बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने हुन्छ । मनमा घमण्डिपनाको मात्रा धेरै बढ्न पुग्ने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । प्रतिष्पर्धात्मक क्षमता सवल हुने छ ।

कुम्भ
धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । पेशागत जीवन सन्तुलित हुने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई समय शुभ रहेकाले लाभ मिल्ने छ । अरुको कदर प्राप्त हुने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

मीन
परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ । तर ब्यक्तित्वमा भने गिरावट देखिन पुग्ने छ । रोजगारीमा रहेकाहरुले थप जिम्मेवारी पाउने छन् । व्यावसायमा आवद्धहरुलाई समय औसत प्रकृतिको रहने छ । जोखिमपूर्ण क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

२५ श्रावण २०७८, सोमबार ०६:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस