|  

दाताको सहयोगमा गजुरी ७ को विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण

२९ जेष्ठ २०८०, सोमबार २१:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नं. ७ को किराञ्चोक कटुञ्जे मा.वि.,जुनतारा आ.वि. र वागेश्वरी आ.वि.मा दाताको सहयोगमा गजुरी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बद्रि प्रसाद जम्कटेलले शैक्षिक सामाग्री आज वितरण गर्नु भएको छ । दाताहरु चाईना फाउन्डेसन फर पोभर्टी, र ग्लोबल को अपरेशन फर डेभलपमेन्ट संस्थाको सहयोगमा विद्यार्थीहरुको लागि झोला, स्टेशनरी र स्वास्थ्य सामाग्री वितरण गरिएको हो । किराञ्चोक कटुञ्जे मा.वि.का १२९ जना, जुनतारा आ.वि.का ९२ जना र वागेश्वरी आ.विको १३९ जना विद्यार्थीहरुलाई वितरण गरिएको वडाध्यक्ष जम्कटेलले जानकारी दिनुभयो ।

२९ जेष्ठ २०८०, सोमबार २१:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस