|  

ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दो, शहरको अबस्था कस्तो छ ?

२५ आश्विन २०८०, बिहीबार ०८:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् ।

चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् । उनीहरूले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए ।

चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा।कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भुमिका समान हुने बताए । उनले विवाह पश्चात पुरुषहरू वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको औंल्याए।

उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए । डा।सुवेदीले एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौनसम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए । डा।सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको सुनाए ।

‘सामान्य रुपमा बुझ्यौँ भनेपनि महिलाको अण्डाचाहिँ एक महिनामा निस्किन्छ । करिब करिब ४८ घण्टा जति बाँच्छ ।’ डा।सुवेदीले भने, ‘पुरुषको शुुक्रकिटचाहिँ एक पटक यौनसम्पर्क भयो भने महिनाको वरिपरि ४८ देखि ७२ घण्टा बाँच्छ । फर्टाइल विन्डो भनेको करिब करिब चारदेखि पाँच दिन हुन्छ ।’ उनले यो बीचको बाहेक महिनाभर जति यौन सम्पर्क भएपनि गर्भ नहुने बताए।

वंशाणुगत रोग विशेषज्ञ डा।निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् । डा।ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको सुनाइन् । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको उनले भनाइ राखिन् ।

‘बाँझोपन थाहा पाउन महिला र पुरुषको जाँचहरू गर्छौं । महिलाको हकमा पाठेघर र पुरुषको हकमा विर्यको परीक्षण गरिन्छ । त्यसपछि महिलाको अण्डा कति बन्छ रु भिडियो एक्सरे लगायत गरिन्छ ।’ डा।ठाकुरले भनिन्, ‘सुरुमा त बाँझोपनको कारण पत्ता लगाइन्छ । कारण पत्ता लगाइसकेपछि उपचारमा जान्छौं ।’ प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्न जरुरी रहेको उनले बताए ।

भ्रुण रोग विशेषज्ञ डा।विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन् । उनले निःसन्तान कसरी हुन्छ भनेर सुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको जनाइन् । निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट सुरु भई १३(१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको उनको भनाइ छ ।

२५ आश्विन २०८०, बिहीबार ०८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस