|  

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

२५ आश्विन २०८०, बिहीबार ०८:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२४ रुपैयाँ र बिक्री दर ८५.६३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ र बिक्री दर ३५.५७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२७ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६५ पैसा र विक्रीदर ४३१.५९ पैसामा कारोबार हुनेछ ।

 

२५ आश्विन २०८०, बिहीबार ०८:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस