|  

समाजसेवी एवम् बेलकोटगढीका नगरप्रमुख गुरुङद्धारा एक बिद्यालयलाई नगद सहयोग

७ फाल्गुन २०८०, सोमबार ११:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ७, कुमरी । नुवाकोट बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङले कामरुदेवि माबि को ६० औँ स्थापना दिवसको अवसरमा विद्यायलयलाई व्यक्ति गत रु १ लाख ६० हजार नगत हस्तान्तरण गरेका छन् ।

बिगत लामो समयदेखि समाज सेवाबाट राजनितिक क्षेत्रमा आउनुभएका प्रमुख गुरुङले यश भन्दा अगाडि पनि विद्यायलयको मैदानलाई धुलो र हिलो रहित बनाउन इन्टरलक सम्पुर्ण ब्लक व्यक्तिगत लगानीमा उपलब्ध गराएका थिए ।

नगरपालिकासँग तत्काल खर्च गर्ने रकम अभाव भयको कारण आफुसँग रहेको नगद विद्यायलयलाई सहयोग गरेको उनले बताए । उनी नगर प्रमुख हुदा नहुदा पनि उक्त विद्यायलय र समुदायको सुख र दुख मा संगै रहेको जनसमुदायसग रहेको बताउनले बताए । बिद्यालयले जग्गा खोज्न प्रयास गरे बिद्यालयलाई आवश्यक खेल मैदान को लागि सहयोग गर्ने पनि उनले बताए ।

७ फाल्गुन २०८०, सोमबार ११:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस