|  

चितवनका किसानले भुक्तानी नपाएको भन्दै सडकमै दूध पोखे

७ फाल्गुन २०८०, सोमबार १०:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । हिजो केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।

७ फाल्गुन २०८०, सोमबार १०:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस