|  

गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठद्धारा आदर्श माविको नयाँ भवन शिलान्यास

७ फाल्गुन २०८०, सोमबार ११:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


                   गजुरी_________धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ स्थित आदर्श माध्यमिक बिद्यालयको नयाँ भवन निर्माणका लागी शिलान्यास गरिएको छ । गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले एक कार्यक्रमकाबिच आज शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकारको विशेष अनुदान अन्तर्गत आदर्श माध्यमिक बिद्यालय गजुरीमा एक करोड रकम बिनियोजन भएको छ । नेपाल सरकारको अनुदान सहयोगमा यो भवन निर्माण सम्पन्न हुने बिदालयले जनाएको छ ।
विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, पालिकावासी, पालिकालगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्ने गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका सरकारका प्रमुख गणेश लाल श्रेष्ठ, गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी, आदर्श मावि का बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार उप्रेती, बिधालयका प्रअ सुरेश कुमार बस्नेत, पुर्व बिधालय ब्यसअ गंगा सागर नेपाल, आदर्श बहुमुखी क्याम्पस गजुरीका सभापति गणेश पाण्डे लगायत सम्पुर्ण अभिभावक, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

७ फाल्गुन २०८०, सोमबार ११:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस