|  

आज सुनको मुल्य तोलामा १ लाख १८ हजार रुपैयाँ

७ फाल्गुन २०८०, सोमबार ११:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

७ फाल्गुन २०८०, सोमबार ११:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस