|  

आज प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

७ फाल्गुन २०८०, सोमबार १२:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम गरी आज निर्वाचन दिवस मनाइँदैछ ।

नागरिकको सङ्घर्षको बलमा २००७ साल फागुन ७ गते तत्कालीन राजा त्रिभुवनबाट जहानियाँ राणा शासनको अन्त्य गराइ प्रजातन्त्रको घोषणा भयो । त्यसको दश वर्षपछि संसदीय चुनाव भएको थियोे । त्यही चुनाव हुनुलाई इतिहासले पहिलो आमचुनाव मानेको छ ।

विसं २०१५ साल फागुन ७ गते नेपालमा आमचुनाव शुरु भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउने गरिन्छ ।

चुनावका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरि भएकाले निर्वाचन आयोगले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि पालिकाबाटै मतदाता नामावली सङ्कलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अगाडि बढाएको छ।

संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र पालिकाका सदस्यको चुनाव गर्ने, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनको लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रह गराउनेसमेत जिम्मेवारी तोकेको छ ।

७ फाल्गुन २०८०, सोमबार १२:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस