|  

पपुवा न्युगिनीको दुर्गम क्षेत्रमा गोली हानाहान हुँदा ६४ जनाको मृत्यु

७ फाल्गुन २०८०, सोमबार १३:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको ज्यान गएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुँदा मानिसहरु मारिएका बीबीसीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

पपुवा न्युगिनीको हाइल्याण्ड हिंसाग्रस्त क्षेत्र हो । तर अहिलेको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद् र ठूलो हत्याकाण्डको घटनाका रुपमा हेरिएको छ । गएको वर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

७ फाल्गुन २०८०, सोमबार १३:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस