|  

सात प्रदेशमध्ये आर्थिक गतिविधि सबैभन्दा धेरै गर्नेमा बागमती प्रदेश पहिलो

१० फाल्गुन २०८०, बिहीबार १७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सात प्रदेशमध्ये पछिल्लो दुई वर्षमा सबैभन्दा बढी आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो देखिएको छ । बिहीबार नेपाल नीति अनुसन्धान संस्थानले सार्वजनिक गरेको सातै प्रदेशको नेपाल प्रतिस्पर्धा सूचकांक २०२४ मा यस्तो तथ्यांक पाइएको हो ।

नेपाल प्रतिस्पर्धा सूचकांक २०२४अनुसार प्रदेश भित्र भौतिक पूर्वाधार,सूचना प्रविधि,उद्योग व्यापार व्यवसाय लगायतका क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो,दोस्रोमा कोशी,तेस्रोमा गण्डकी, चौथोमा लुम्बिनी,पाँचौँमा मधेस त्यसपछि सुदूरपश्चिम र कर्णाली प्रदेश रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल नीति अनुसन्धान संस्थान अनुसन्धान निर्देशक जयजङ महतले नेपालमा राजनीतिक कुरा धेरै भएकाले अब प्रदेशगत रुपमा आर्थिक गतिविधिका विषय प्राथमिकतामा राखेर नीतिहरू बनाउन सहज गराउने उद्देश्यले अनुसन्धान गरिएको बताए ।

उनले बागमती प्रदेशमा काठमाडौँ उपत्यका पर्ने भएकाले आर्थिक गतिविधिका हरेक सूचकहरूमा अनुसन्धान गर्दा पहिलो नम्बरमा रहेको बताए । उनले सात प्रदेशमध्ये आर्थिक क्रियाकलापमा बागमती प्रदेश र अन्य ६ प्रदेशमा ठुलो अन्तर रहेको देखिएको बताए ।

 

१० फाल्गुन २०८०, बिहीबार १७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस