|  

बन्ने भयो हेटौंडामा उद्योग वाणिज्य महासंघको भवन

११ फाल्गुन २०८०, शुक्रबार १८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आफ्नै भवन बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका हुन् ।

कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । व्यावसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुने बताइएको छ ।

उद्यमी, स्टार्टअप र स्थापित व्यवसायले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवम् सञ्जालका लागि प्रयोग गर्न सक्ने समेत महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यो प्रदेश व्यापार प्रवर्द्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखिएको बताए । यसले स्थानीय उद्यम र अन्तर्राष्ट्रिय साझेदार बीचको सम्बन्धलाई बढावा दिन व्यापार मेला, उद्योग विशेष कार्यक्रम र वाणिज्य शिखर सम्मेलन आयोजना गर्ने समेत उनले बताए ।

११ फाल्गुन २०८०, शुक्रबार १८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस