|  

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

१५ फाल्गुन २०८०, मंगलवार १३:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच टोटल एब्डोमिनल हिस्टेरेक्टोमी पद्धतिबाट पूर्ण पाठेघर निकाल्न सफल भएको हो।

१० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए। जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्रप्रसाद भट्टसहितको टोलीले शल्यक्रिया गर्दै आएको छ।

धादिङ अस्पतालमै पाठेघरको अप्रेसन हुन थालेपछि सेवाग्राहीहरू खुसी भएका छन्। विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले निरन्तर रूपमा सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीको भनाइ छ।

१५ फाल्गुन २०८०, मंगलवार १३:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस