|  

बागमतीमा बजेट कार्यान्वयनमा कुरा मिलेन, सर्वदलीय बैठक पुन: निष्कर्षविहीन

१५ फाल्गुन २०८०, मंगलवार १३:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बजेट कार्यान्वयनमा सरकार र विपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि भन्दै बागमती प्रदेश सभा सचिवालयमा आज मंगलबार बिहान बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ।
यसअघि आइतबार पनि सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा संसदीय समितिको सभापति चयनका विषयमा सहमति जुटे पनि बजेट कार्यान्वयन र आज ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनलाई नियमित गर्ने विषयमा सहमति जुट्न सकेको थिए।
सरकार र प्रतिपक्ष दलबीचको विवाद समाधान गर्न आज बिहान दुई घण्टा बसेको सर्वदलीय बैठकले पनि ठोस निष्कर्ष दिन नसकेको हो। बैठकमा सरकार र प्रतिपक्ष दलहरूबीच सहमति कार्यान्वयनका लागि विकल्पसहित छलफल भएको थियो। बैठकमा विपक्षी दलहरूले दिएको योजनाहरूमा सोझै बजेट दिने वा पूरक बजेट ल्याउने भन्ने विषयमा छलफल भएको थियो।
यसैबीच विपक्षी दलहरुरूले सरकारलाई आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। उनीहरूले आज २ बजे हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिसम्म सहमति कार्यान्वयनको प्रतिबद्धता नआए सदन चल्न नदिने चेतावनी दिएका छन्।

१५ फाल्गुन २०८०, मंगलवार १३:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस