|  

बागमतीमा मुख्यमन्त्री नआएपछि विपक्षीसँगको वार्ता निष्कर्षविहीन

१६ फाल्गुन २०८०, बुधबार १४:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।

बुधबार विहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने सूचना पाएपछि साढे १ बजेसम्म सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले बुधबारको बैठक स्थगित गरी बिहीवार बस्ने सहमति भएको जानकारी दिए ।

छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । उनी मकवानपुरको राक्सिराङ गाउँपालिका खैराङको एक विद्यालयको वार्षिक उत्सव कार्यक्रममा पुगेका छन् ।

विपक्षी दल नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छलफलमा सहभागी एक सांसदले बताए ।

 

१६ फाल्गुन २०८०, बुधबार १४:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस