|  

सिद्धलेकका बिभिन्न स्थानमा लागुपदार्थ दुर्व्यसनी बिरुद्ध नाटक प्रस्तुत

१९ फाल्गुन २०८०, शनिबार १३:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको सिद्धलेक गाउँपालिकाको बिभिन्न स्थानमा नाटक प्रस्तुत गरिएको छ । गाउँपालिकाले बिभिन्न बिद्यालयमा जनचेतना मुलक नाटक प्रदर्शनी गरेको हो । सिद्धलेक गाउँपालिकाको आयोजना तथा एस जोडी क्रियसन प्रालीको संयोजनमा यो नाटक गरिएको हो ।

लागू पदार्थ सेवनले मानव जनजीवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदलबाट युवा तथा बालबालिका कसरी फस्छन् तथा यसबाट कसरी बचाउन सकिन्छ भनेर लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएका हुन् ।

पछिल्लो सममयमा युवा तथा बालबालिकाहरू लागूपदार्थ दुर्व्यसनीमा फसेकाले थोरै भए पनि सचेतना फैलिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको समूहले बताएको छ ।

नाटकले लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरू वक्ताहरूको भनाई थियो । कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

१९ फाल्गुन २०८०, शनिबार १३:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस