|  

नेपालले हङकङमा टी–२० त्रिकोणात्मक सिरिज खेल्ने

२० फाल्गुन २०८०, आईतवार ०६:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपालले हङकङमा टी–२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । हङकङ क्रिकेट संघले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवा न्यूगिनी सम्मिलित टी–२० सिरिज हुने जानकारी दिएको हो ।

त्रिकोणात्मक टी–२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ । साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।

 

२० फाल्गुन २०८०, आईतवार ०६:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस