|  

आदर्श बहुमुखि क्याम्पस गजुरीमा बृहत् क्याम्पस स्तरिय हाजिरी जवाफ प्रतियोगीता हुँदै

२१ फाल्गुन २०८०, सोमबार १३:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । नेपाल बिद्यार्थी संघ आदर्श बहुमुखि क्याम्पस गजुरीमा क्याम्पस स्तरिय हाजिरी जवाफ प्रतियोगीता हुने भएको छ । नेपाल बिद्यार्थी संगठन ईकाई समितीको आयोजनामा हुन गईरहेको प्रतियोगीतामा सहभागी हुन आह्वान गरेको छ । फागुन २८ गते हुने प्रतियोगीतामा अहिले टिम दर्ताको काम भईरहेको छ ।

धादिङ जिल्लामा रहेका क्याम्पसका बिद्यार्थीहरुको लागी आयोजना गरिएको प्रतियोगीतामा टिम दर्ता निशुल्क गरिएको छ भने अहिलेसम्म ४ टिम दर्ता भएको छ ।
आदर्श बहुमुखि क्याम्पस गजुरीमा आयोजना हुने प्रतियोगीतामा हरेक क्याम्पसबाट २ जनाको टिम दर्ता गर्नुपर्नेछ ।

प्रतियोगीतामा प्रथम , द्धितिय, तृतिय हुने टिमलाई क्रमश ट्रफि, मेडल र प्रमाणपत्रका साथमा नगद रु. ३० हजार, रु. १५ हजार र रु ७ हजार प्रदान गरिने आदर्श बहुमुखि क्याम्पस स्ववियु सचिव किर्तन रिमालले जानकारी दिनुभयो । प्रतियोगीतामा ब्याचलर तथा मास्टर पढ्दै गरेका ब्यक्तिहरुले पनि टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

 

२१ फाल्गुन २०८०, सोमबार १३:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस