|  

‘सात प्रदेश मध्ये बागमती प्रदेशमा खेल क्षेत्रका कामहरु धेरै भएका छन्’ : मुख्यमन्त्री जमकट्टेल

२१ फाल्गुन २०८०, सोमबार १८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशस्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।


बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा चितवनको भरतपुर मा आयोजित राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले बागमती खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताउनुभयो । नेपालमा रहेका सात प्रदेश मध्ये हाम्रो बागमती प्रदेशमा खेल क्षेत्रका कामहरु निकै धेरै भएका छन, जिल्लाबाट छनौट भएर प्रदेशमा आए जसरी अब राष्ट्रिय खेलाडी हुनुपर्छ मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो स्वस्थ्य, स्वच्छ हुनको लागी खेलको धेरै महत्व रहेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता चितवनमै हुनेगरि गौतम बुद्ध क्रिकेट रंगशाला पनि निर्माण भईरहेको भन्दै यस्ता गौरवका आयोजना निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो ।

२१ फाल्गुन २०८०, सोमबार १८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस