|  

त्रिकोणात्मक टी- २० सिरिज : नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल भोलि

२१ फाल्गुन २०८०, सोमबार १६:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल भोलि हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११:३० बजेबाट सुरु हुने फाइनलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिजमा नेदरल्यान्ड्सले २ खेल जित्नुका साथै एक खेलमा अंक बाँडेर फाइनल प्रवेश गरेको हो । नेपालले भने ४ मध्ये २ खेलमा जित हात पारेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नामिबियाले भने एक खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको थियो । नामिबियाले २ खेलमा पराजय भोगेको थियो । नेपालले नामिबिया र नेदरल्यान्ड्स दुवै टोलीलाई एक एक खेलमा पराजित गरेको थियो भने दुवै टोलीसँग एक एक खेलमा पराजय भोगेको थियो ।

 

२१ फाल्गुन २०८०, सोमबार १६:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस