|  

साफ यू १६ फुटबलमा नेपालसंग भुटान पराजित

२१ फाल्गुन २०८०, सोमबार १८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । साफ यू १६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

२१ फाल्गुन २०८०, सोमबार १८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस