|  

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खला : नेपाल आज उपाधिका लागि नेदरल्याण्ड्ससँग भिड्दै

२२ फाल्गुन २०८०, मंगलवार ०६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २२, काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी २० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल बिहान ११:३० बजे शुरु हुने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

नेदरल्याण्ड्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो । दुई खेल जितेको नेदरल्याण्ड्स अन्तिम खेलमा नामिबियासँगको खेल बर्षाले रद्द भएर एक एक अंक बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामि‍बिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टी-२० शृङ्खलाको विजेता छानिनेछ ।

२२ फाल्गुन २०८०, मंगलवार ०६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस