|  

नेपाललाई हराउँदै नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि

२२ फाल्गुन २०८०, मंगलवार १५:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २२, काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९।३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाउनुभयो भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २र२ विकेट लिएका थिए ।

२२ फाल्गुन २०८०, मंगलवार १५:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस