|  

निलकण्ठ नगरपालिका वडा नं.१४,धुँवाकोटको तेस्रो वडा अधिवेशन सम्पन्न

२२ फाल्गुन २०८०, मंगलवार १५:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निलकण्ठ नगरपालिका वडा नं.१४ धुँवाकोटको तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

मङगलबार दलित जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता लिनको लागि दलित समुदायका जनताले ६० वर्ष देखि भत्ता लिने बेवस्था, दलित बालबालिकालाई पोषण भत्ता लगायत लोकप्रिय काम गरेका तर प्रचार र जस अरुले लिएकामा अब राम्रा काम गर्दै जनसमुदायमा प्रचार प्रसार र पार्टिले गरेका राम्रा काम को प्रचार प्रसार सहि सुचना प्रवाह गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि मनराज भण्डारी(शैलेस) ले बताउनुभयो।

वर्तमान सरकारले लोकप्रिय काम गरीरहेको भ्रष्टचार अनियमितता ललिता निवास प्रकण सुन तस्करी मा संलग्न सरकारले कारवाहीको दायरामा ल्याएको सुशासन स्थापना र भ्रष्टचार नियन्त्रणमा लागेको र विकास निर्माण कार्यमा स्पष्ट पारदर्शी हुनु पर्ने बताउनु हुदै पार्टि संगठन मजबुत र विकास निर्माणमा पार्टि र जनप्रतिनिधिहरुको समन्वयमा जोड दिन आग्रह समेत यश कार्यक्रमका विशेष अतिथि दिपक विश्वकर्माले बताउनुभयो।

कार्यक्रममा देवराज आचार्यको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति र बुद्धिलाल तामाङको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति सर्वसम्मत चयन गरीएको छ ।यस्तै उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, कोषाध्यक्ष शान्ति अधिकारी, सचिव राम बहादुर तामाङ, सह–सचिव चिरञ्जीवी नेपाल लगाय्त २१ सदस्य र ४ सदस्य पछि थप्ने गरी सर्वसम्मतबाट समिति गठन भएको छ ।

त्यसै गरि धादिङका पुर्व जनसरकार प्रमुख बुद्धिलाल तामाङले पार्टिको विचार महान हुने समाज र समुदायको माग अनरुप काम गर्दै जानु पर्ने बताउनु भयो । आफु जहा रहेपनि धुँवाकोटको विकास र सकारात्मक सोच र राम्रा कामलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

२२ फाल्गुन २०८०, मंगलवार १५:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस