|  

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

२४ फाल्गुन २०८०, बिहीबार ०८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका ५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् । कमलामाई नगरपालिका ३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र २०३००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक तीनपाटनका ‍गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

२४ फाल्गुन २०८०, बिहीबार ०८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस